समाचार

बसको ठक्करबाट साइकलयात्री घाइते



काठमाडौँ, २८ फागुन । सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् ।

सर्लाही प्रहरीका अनुसार कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते भएका हुन् । महतोलाई थप उपचारका लागी हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

ठक्कर दिएपछि बस स्थानीयले बस जलाउने प्रयास गरेका छन् । घटनास्थलमा तत्काल प्रहरी पुगेर बसमा लगाएको आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले अर्को सवारीको सहयोगमा तानेर ग.२ ख १४४० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याएका छन्  ।

बसका चालक फरार छन् । चालकको पहिचान खुलेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।