Banner News

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै



काठमाडौँ, २९ फागुन । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ ।

बिहान ११ः०९ बजे बस्ने  बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 

यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । यसअघि संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका  शर्मा र माओवादी केन्द्रका  दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।