राजनीति

गृहमन्त्री लामिछानेद्वारा देशभरका प्रहरीलाई आग्रह



काठमाडौँ, २९ फागुन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

आज फेसबुकबाटै उनले देशभरका प्रहरीलाई निर्देशन दिँदै  भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!