Banner News

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित



काठमाडौँ, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।