अर्थ

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्दछ : गभर्नर अधिकारी



काठमाडौँ, २९ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् ।

आज राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका  र प्राविधिक हुने र त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताए ।

अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवम् बैंकहरू तथ्याङ्कको भारीले थिचिएको उनको भनाई छ । संस्थागत रुपमा तयार भएका त्यस्ता तथ्याङ्कहरू सहज ढंगबाट आर्थिक पत्रकाहरु मार्फत आम सर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीले बताए ।