राजनीति

परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता 



काठमाडौँ, २९ फागुन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा रूसी सेनामा नेपालीको भर्ती रोक्ने, भर्ती भएकालाई फिर्ता पठाउने, युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव फिर्ता ल्याउने, मृतक र घाइतेलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । 

“दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।