Banner News

म विश्वासघाती र धोकेवाज कसरी भएँ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै बेला संसदको रोस्ट्रममै उभिएर आफूलाई नेपालको राजनेता भनेर घोषणा गरेको पनि बताए । ‘त्यही राजनेता आज संविधान, राजनीतिक मान्यताका आधरामा राष्ट्रको बृत हित, राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज कसरी भएँ रु’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए ।