राजनीति

जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्वजनिक



पोखरा, ३० फागुन । जिल्ला समन्वय समिति कास्कीले  जिल्लास्थित  पालिकाहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अन्क प्राप्त गरेको छ । त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४.५, अन्नपूर्णले ६२,  मादीले   ६०.५ र पोखरा महानगर पालिकाले ६० अन्क प्राप्त गरेका छ्न । मंगलबार विशेष सार्वजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्वजनिक गरिएको जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले ६० प्रतिशत भन्दा माथिको नतिजा सहित वित्तीय जोखिमको मध्यम जोखिममा देखिएको उल्लेख्य गर्दै वित्तीय सुशासनमा अब्बल देखिने नतिजा अबको लक्ष्य बनाउन आग्रह गर्नुभयो ।

उहाँले सुशासन र समृद्धिको महत्त्वपूर्ण जग वित्तीय सुशासन भएको हुँदा हरेक पालिका चालू आर्थिक वर्षमा बेरुजुरहित हुन तर्फ ध्यान केन्द्रित गर्न कर्मचारी र जन प्रतिनिधिहरू लाग्न आग्रह गर्नुभयो । सुशासन सबैको साझा दायित्व भएको भन्दै पौडेलले वार्षिक कार्ययोजना मुताबिक कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उक्त मूल्यांकनमा बित्तिय सुशासन जोखिम मुल्यांकन कार्यविधी -२०७७ लाई आधार बनाइ  योजना बजेट तथा कार्यक्रम ब्यवस्थापन, कार्यान्वयन क्षमता तथा ब्यबस्थापन, लेखान्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परिक्षण र राजश्व ब्यवस्थापनका विषय क्षेत्र तोकि कुल ११८ वटा सुचकमा  आधारित भएर १०० पूर्णान्कमा मूल्यांकन गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

शाखा अधिकृत झबिश्वर रेग्मिले काम गराइ र बुझाइमा एकरूपता नहुनु, नतिजाको  प्रभावकारी कार्यान्वयन र समिक्षाको अभाव, अभिलेख ब्यबस्थापन प्रभावकारी हुन नसक्नु, जस्ता विषय कठिनाईको रूपमा देखिएको उल्लेख गर्नुभयो । कार्यक्रममा कास्कीका पालिका प्रमुख गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव यमुना प्रधान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, कास्कीका पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू , जिल्ला समन्वयका सदस्यहरू सहित संचारकर्मी एबम पत्रकारहरूको उपस्थिति रहेको थियो ।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बिक र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।