Banner News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत



काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन् । उनले यो कार्यकालमा उनले तेस्रोपटक विश्वासको मत प्राप् तगरेका हुन् । कांग्रेससहितको गठबन्धन तोडी एमालेसहितका दलसँगको नयाँ गठबन्धन बनेसँगै उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले १५७ मत प्राप्त गरेका छन् भने विपक्षमा ११० जनाले मतदान गरेका छन् । जम्मा उपस्थिती संख्या २६८ जना सांसदहरु रहेका थिए । एक सांसद तटस्थ रहे ।