महोत्तरी, ३० फागुन । जलेश्वर नगरपालिका–३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीय रुचि पाण्डे रहेको छ । आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको हो ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्