समाचार

होस्टल सञ्चालक पक्राउ



विराटनगर, ३० फागुन । होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी रहेकी छन् । रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् । मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ । 

मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीलाई आफ्नै होस्टलमा लगेको छ । विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएको बताइन् ।