समाचार

विमानस्थलमा ५४ जना प्रहरी हटाउने निर्णय



काठमाडौँ, १ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको छ ।

जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । स्क्रिनिङमा खटिएका ५० भन्दा बढिलाई हटाउने तयारी भइरहेको छ । विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई स्क्रिनिङ तालिम गराउन थालिएको छ ।