राजनीति

खेलकुदमा राजनीति नगर्नु: मन्त्री श्रेष्ठ



काठमाडौँ, १ चैत । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । 

बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ । खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु । त्यसका लागि साथ लिन तपाईं पनि त तयार हुनुपर्‍यो । ताली एक हातले मात्र बज्दैन ।’