समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



बर्दिया, १ चैत । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई बुधबार साँझ पक्राउ गरेको हो ।

। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।