समाचार

आजको राशिफल



काठमाडौँ, २ चैत । आज २०८० साल चैत २ गते शुक्रबारको राशिफल ।

मेष:  आर्थिक कारोवारमा वृद्धि आउनेछ । विश्वसनीय पात्र टाढिएर जानेछन । मानसम्मान वृद्धिको योग रहला ।

वृषरोकिएका काम सञ्चालनमा आउनेछन् । यात्रा गर्दा सावधानी अपनाउनु होला । अपत्यारिलो घटनाको सामना गर्नुपर्ला ।

मिथुन: बाहृय व्यतिको संगति कम गनुपर्नेछ । रोजगारीको खोजीमा समय बित्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

कर्कट: पैतृक सम्पति विवाद सुल्झनेछ । राजनितिमा सक्रियता रहला । प्राकृतिक क्षेत्रको भ्रमण गर्ने अवसर मिल्नेछ ।

सिंह: लौकिक सुख भोगमा खर्च बढ्नेछ । व्यापारिक अवस्था कमजोर बन्नेछ । पारिवारिक साथ सहयोग प्राप्त होला ।

कन्या: सामाजिक क्षेत्रमा जीम्मेवारी बढ्नेछ । शैक्षिक क्षेत्रका कार्यमा सफलता मिल्नेछ । माता पिताको साथमा समय बित्नेछ ।

तुला: शारीरिक समस्याबाट छुटकारा मिल्नेछ । भिडभाडबाट टाढै रहनु पर्नेछ । व्यवसायमा केही कठिन परिस्थिति आउनेछ ।

वृश्चिक: खेलकुदमा गरिएको लगानी व्यर्थ जानेछ । एकल निर्णयमा ठुलो कार्य सम्पन्न होला । हड्डीसम्बन्धी समस्याले सताउनेछ ।

धनु: विश्वास गरिएको पात्रबाट धोका खाइएला । मानसम्मान वृद्धिको योग बन्नेछ । सन्तानको विषयले चिन्ता बढ्नेछ ।

मकर: बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ । धार्मिक कार्यमा मन रम्नेछ ।

कुम्भ: शेयर लगानी मध्यम रहला । पुरानो मित्रसगको भेटघाटले हर्षित बनिनेछ । मानसिक विचलनता बढ्नेछ ।

मीन: कठिन कार्यमा पनि सफलता मिल्नेछ । प्राकृतिक विपत्तिको सामना गर्नुपर्ला । बैदेशिक यात्राको योग बन्नेछ ।