राजनीति

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन आज रातिबाट अन्त्य



बुटवल, २ चैत । लुम्बिनी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज राती  १२ बजेबाट अधिवेशनको अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता भूमिश्वर  ढकालले एक सूचना जारी गर्दै चालू अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जनाएका छन् ।