राजनीति

सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सुदन किराँती



काठमाडौँ, २ चैत । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्यूनीकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’