मनोरञ्जन

अमिताभ बच्चन अस्पताल भर्ना



नयाँ दिल्ली, २ चैत । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् ।

आज बिहान उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ ।

बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको टिमले यो खबरको पुष्टि भने गरिसकेको छैन । तर उनको अवस्था स्थिर रहेको बताइएको छ ।  हालैका दिनमा अमिताभ स्वास्थ्यका कारण चर्चामा छन् ।