राजनीति

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना



महोत्तरी, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका थिए ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन् । उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए । 

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।