राजनीति

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन



काठमाडौँ, ४ चैत । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।