राजनीति

शोक प्रस्ताव पारित गरेर संसद् बैठक स्थगित



काठमाडौँ, ४ चैत । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आज बसेको बैठक स्थगित गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

उपचारका क्रममा आइतबार बिहान ७ बजेर ५५ मिनेटमा मीनभवनस्थित सिभिल अस्पतालमा अन्सारीको निधन भएको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।