राजनीति

अनुचित सिफारिस गर्नेको साधारण सदस्यता खारेज गर्ने रास्वपाको निर्णय



काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा र नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ । आज रास्वापाका तर्फबाट बनेका चार मन्त्रीसहित उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सांसद शिशिर खनालबीच भएको बैठकबाट सो निर्णय गरिएको हो ।

राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरिएको प्रवक्ता समेत रहेका महामन्त्री ढकालले जानकारी दिए । यस्ता नियुक्ति ‘मेरिटोक्रेसी’लाई प्रधान मानेर अघि बढाइने निर्णय गरिएको उनले बताए ।

उनले भने, “मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ‚” “मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागि संशोधन गर्नपर्ने नियम एवं साझा न्यूनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ ।”