समाचार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



सर्लाही, ५ चैत । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा पल्टिएर दुर्घटना हुदा ट्याक्टर चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो ।

ट्याक्टरमा सवार ट्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल छन् । तर, उनी फरार रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर भने नियन्त्रणमा रहेको र शवलाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।