अर्थ

वित्तीय साक्षरतालाई देशको कुना–कुनामा लैजाने योजना छ : गभर्नर अधिकारी



काठमाडौँ, ५ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्लोबल मनि विक’को अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् ।

आज काठमाडौँको ‘ग्लोबल मनि विक’को अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताए ।

गभर्नर अधिकारीले भने, “वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ ।” कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरूले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए ।

पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिएको बताए । उनले भविष्यमा कमाएर मात्रै बचत गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए ।