राजनीति

संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको छ : मेटमणि चौधरी



काठमाडौँ, ५ चैत । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको बताइएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल संस्कृत विश्वविद्यालयको नाममा सालभौडी, लमही लगायतका स्थानमा लुट मच्चाइएको आरोप लगाए ।

उनले भने, “नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको छ,” “दशकौँदेखि किसानहरू नेपाल संस्कृत विश्वविद्यालयका कारण मुद्दा खेपिरहनुभएको छ । किसानहरूले हैरानी भोगिरहनुभएको छ ।” 

उनले छुट्टै विधेयक ल्याएर किसानलाई न्याय दिन आग्रह गरे ।