समाचार

हतियारसहित दुर्गा प्रसाईंको सुरक्षा गार्ड पक्राउ



काठमाडौँ, ५ चैत । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार बिहान काठमाडौं महानगरपालिका–११ रामशाह पथस्थित अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दिपक खड्का र राजकुमार धिताल छन् । उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।