समाचार

कथाकार परशु प्रधानको निधन



काठमाडौँ, ६ चैत । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।

गएराति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । उनको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ ।

वि.सं. २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने गरेका थिए । पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि.सं. २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारी मा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो ।