राजनीति

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता



काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । 

आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ ।