समाचार

एक युवकको हत्या, दुई जना पक्राउ



जनकपुरधाम, ८ चैत । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको छ ।

हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए ।

गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।