Banner News

राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त



काठमाडौँ, ८ चैत । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन् ।

सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।