राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै



काठमाडौँ, ८ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते चीनको भ्रमणमा जाने भएका छन् ।

चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो निमन्त्रणा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदलाई नै आएको थियो तर उनी जान नपाएपछि अहिले मन्त्री श्रेष्ठ त्यसमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार मन्त्री श्रेष्ठको यो भ्रमण ‘गुडविल भ्रमण’ हो । चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नुको साथै चैत १३ गते लगानी सम्मेलनको बारेमा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।