मनोरञ्जन

देशभरको हलमा आजबाट ‘महाजात्रा’



काठमाडौँ, ९ चैत । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा रिलिज भएको हो । 

सिनेमाले ३४२ भन्दा धेरै शो पाएको निर्माता दीपेश खत्री (म्याक्स)ले बताएका छन् । आजै नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको उनले बताए । 

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।