राजनीति

समाजवादी मोर्चामा सहभागी हुन एमालेद्वारा अस्वीकार



काठमाडौँ, १० चैत । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेकपाको समाजवादी मोर्चामा सहभागी हुन गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको भेटमा ओलीले आफ्नो पार्टी समाजवादी मोर्चामा मिसिन उपयुक्त नहुने धारणा राखेका थिए । ओलीले एमाले पनि मोर्चाबन्दीमा सहभागी भए गलत सन्देश जाने बताएका थिए ।

समाजवादी मोर्चाको शुक्रबार बसेको बैठकले एमालेलाई पनि सहभागी हुन आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नयाँ सत्ता समीकरण बनेसँगै समाजवादी विचार भएका दलहरूबीच सहकार्यका लागि बनाइएको मोर्चामा एमालेलाई सहभागी बनाउने निष्कर्ष निकालेको थियो ।