Banner News

त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न समिति गठन



काठमाडौँ, ११ चैत । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ ।

गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् । समिति कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने बताइएको छ । 

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।