राजनीति

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित



सुर्खेत, १२ चैत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गरे । खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए । पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएका छ । यहाँ यामलाल कँडेल र गोरख बोगटी- नवराज रावत समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ‌।

उपाध्यक्षमा कँडेल समूहकै माेहनसिं बडुवाल निर्वाचित भएका छन्। उनले ३४६ पाए । सचिवमा डम्बर तिवारी, उप-सचिव खुलामा टिकाराम साेमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । सदस्यहरूको मतगणना भने जारी छ ।