समाचार

ललितपुरमा ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु



काठमाडौँ, १२ चैत । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । 

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । 

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।