Banner News

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान



काठमाडौँ, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेका हुन् ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।