राजनीति

राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ : अध्यक्ष दाहाल



चितवन, १३ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको महत्व बुझाउन जरुरी रहेको बताएका छन् ।  

आज भरतपुर महानगरपालिकाले मङ्गलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको बताए । उनले भने, “राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उनले बताए ।

उनले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन् । उनले भने, “सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ ।” तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो । संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे ।