राजनीति

रास्वपाले इलाम –२ मा मिलन लिम्बु तोक्दै




काठमाण्डौ,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार तोक्ने सम्भावना बढेर गएको छ ।
यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्।
रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम छ।
लिम्बू र अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन्। यद्यपि नाम सार्वजनिक गरिएको छैन।
पत्रकारिता पृष्ठभूमिका लिम्बू माओवादी केन्द्र नजिक प्रेस सेँटरसंग आवद्ध हुन ।
तर उनले यसबीच माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए।