राजनीति

माओवादीले दुवै क्षेत्रमा उम्मेदवारी दिने



काठमाडौँ, १४ चैत । माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन’,  उनले भने ।