राजनीति

उपनिर्वाचनको लागि नेकपा एसले टुंग्यायो उम्मेदवार



काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवार टुंग्याएको छ ।

नेता झलनाथ खनालका नेकपा एसले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भएको तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको उनले बताए ।