Banner News

सांसद पन्तको प्रश्न-दुर्गा प्रसाईंलाई जस्तो हतियार कतिलाई दिएको छ, रेकर्ड छ ?



काठमाडौँ, १४ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो भन्दै प्रश्न गरेका छन् । 

आजको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै पन्तले अदालत परिसरमा व्यवसायी दुर्गा प्रसाईंको सुरक्षा गार्डबाट हतियार भेटिएको विषय उठाउँदै उपत्यकाको समग्र सुरक्षा संरचनाको बारेमा प्रश्न उठेको बताए ।

उनले भने, “समग्र उपत्यकाको सुरक्षा संरचना र अवस्था कस्तो छ । अदालतमा दुर्गा प्रसाईंबाट अत्याधुनिक हतियार भेटियो, यो कतिको स्वभाविक हो ? गलत मान्छेले बोक्दा के हुन्छ, यो नीतिको समीक्षा हुनुपर्छ,” । 

उनले यस्ता हतियार कति दिइएको हो त्यसको तथ्यांक माग गरेका छन् । “दुर्गा प्रसाईंलाई दिएको जस्तो हतियार कतिलाई दिएको छ, रेकर्ड छ ? फिर्ता लिनुपर्छ कि पर्दैन ?,” उनले भने ।