राजनीति

अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सुझाव



काठमाडौँ, १४ चैत । कुनै पनि विषयको अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सांसद बुद्धिमान तामाङले सुझाव दिएका छन् ।

आज बसेको राज्य व्यवस्था समिति बैठकमा उनले भने, ‘विनोद चौधरीको पासपोर्ट सिज गर्ने कुरा थियो रे । पहिला समात्यो अनि छोड्यो मान्छेलाई बेइज्जत गर्ने तरिकाले समात्न भएन । कृष्णबहादुर महरालाई विदेश भाग्न लागेको भनेर छोडियो तर समातेर ल्याएपछि अस्पताल राखेर तारिखमा छोड्ने काम भयो । कुनै कुरामा पूरा अध्ययन गरेर मात्र गृह प्रशासनले समात्न आवश्यक छ बेइज्जत गर्ने तरिकाले समात्न भएन ।’

तामाङले बाँसबारी जग्गा प्रकरणमा जग्गा फिर्ता भएको हो कि ल्याएको हो भनेर प्रश्न समेत गरे । उनले भने, ‘गृह मन्त्रालयले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोजेको, सीडीओलाई परिपत्र गरेको भन्ने कुरा आयो । बालुवाटारमा पहिले एक जनाले जग्गा फिर्ता गर्‍यो तर उसलाई कारबाही भएन । बाँसबारी जग्गा प्रकरणमा जग्गा फिर्ता भएको हो कि ल्याएको हो ?’