राजनीति

८ डीएसपी एसपीमा बढुवा सिफारिस



काठमाडौँ, १५ चैत । प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट,  राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।

आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सुचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई छुटाइएको छ । ६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सुचीमा परेनन् । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ ।