Banner News

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आगामी आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक डाकेका हुन् ।

बिहीबार बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।