राजनीति

मतदानमा गर्न नपाइने कार्यहरू (सूचीसहित)



काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले आज हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगले मतदानको दिन विभिन्न कार्यहरू गर्न बन्देज गरेको छ ।

१. उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने 

२. दफा ५ बमोजिम मतपत्रको दुरुपयोग गर्न नहुने 

३. दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने

४. दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने

५. दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने

६. दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने

७. दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने 

दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनै पनि कार्य हुन नदिने र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ ।