राजनीति

एमाले उदयपुरको अध्यक्षमा राउत निर्वाचित



उदयपुर, १६ चैत । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् ।

बुधवार सम्पन्न निर्वाचनमा विर्तमान जिल्ला अध्यक्ष परमेश्वर घिमिरेलाई ११४ मतले पछिपार्दै राउत जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । राउतले ३४४ मत पाए भने उनका प्रतिद्वन्द्वी परमेश्वर घिमिरेले २३० मत ल्याए । यस्तै उपाध्यक्षमा एक मत बढी ल्याउँदै कालुमान लामा बिजयी भएका छन् । लामाले १९२ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्धन्दी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत पाए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेका निवर्तमान जिल्ला सचिव एवं चौदण्डीगढी नगरपालिकाका मेयर हुन् ।

त्यसैगरी सचिवमा आठ मत बढी पाउँदै टेक बहादुर राउत निर्वाचित भएका छन् । राउतले १९१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्दी शम्भु पौडेलले १८३ र अर्का उमेदवार महेश रोकाले १४० मत पाए । त्यस्तै उपसचिवमा हेम खड्का निर्वाचित भएका छन् ।

खड्काले १९४ मत ल्याएर निर्वाचित हुंदा जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३,  दुर्गानन्द चौधरी  ५३ र धर्मबहादुर तामाङले ४६ मत पाए । महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छन् । राईले २६० मत पाउँदा कटरी नगरपालिकाकी उपमेयर गीता खड्काले १२५ र त्रियुुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले १४९ मत ल्याइन् ।