समाचार

लागु औषधसहित दुई जना पक्राउ



काठमाडौँ, १७ चैत । झापाबाट प्रहरीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय सुरुङगाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका-३ डाईमन टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र अवैध लागु औषध गाँजा ४ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २१ वर्षीय सन्जय चौधरी र ३० वर्षीय रोशन चौधरी रहेका छन् । प्रहरीले सन्जयको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र रोशनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।