राजनीति

हिजो माओवादी र समाजवादीको घाँस खाएर कांग्रेस बलियो भएको थियो, अहिले त्यो छैन: अध्यक्ष ओली



काठमाडौँ, १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई सघाउने बताएका छन् । हिजो माओवादी र समाजवादीको घाँस र कुँडो खाएर कांग्रेस बलियो भएको तर अहिले त्यो अवस्था नभएको ओलीले बताए।

पार्टीको बझाङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा एमालेलाई सघाउन माओवादी केन्द्र तयार हुने बताएका हुन् । अध्यक्ष ओलीले एमालेभन्दा बलियो अवस्थामा रहेको भए इलाम माओवादी केन्द्रलाई छोड्न तयार हुने बताए ।

उनले भने, ‘मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने काँग्रेस जिताउन मिल्दैन । त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौं । तर माओवादीको ४ हजार छ । हामी १३ हजार छौं । साँढे १३ हजार भन्दा बढि छौं हामी । त्यसकारण हामीले छोडन मिल्दैन । गणितले स्पष्ट देखाउँछ–हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौं पुग्छौं।काँग्रेस १० हजारमा झर्छ।त्यो स्पष्ट छ । त्यतिबेला हामीले हराइदिएका थियौं।अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन।त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिष्पर्धी छैन ।’