समाचार

आजको राशिफल



काठमाडौँ, १८ चैत । आज चैत १८ गते आइतबारको राशिफल

मेष: कला साहित्यमा सफलता मिल्ने छ । एकल निर्णय भने त्यति सफल बन्ने छैन । आर्थिक अभाव टर्ने छ ।

वृष: नोकरीमा सहकर्मीबीच मनमुटाव बढ्ने छ । सामान्य विषयमा रुमल्लिनुपर्ने छ । दिदीभाइबीच मिलनको योग बन्ने छ ।

मिथुन: अध्ययनमा लगानी बढाउनु पर्ने छ । शारीरिक समस्याले चिन्तित बनिनेछ । पुत्र प्राप्तिको योग रहला ।

कर्कट: भौतिक क्षति बेहोर्नु पर्ने छ । माता–पिताको साथ प्राप्त होला । पैतृक सम्पत्ति प्राप्तीको योग रहला ।

सिंह: व्यवहारिक पक्षमा परिवर्तन ल्याउनु पर्ने छ । अरूको पछाडि लाग्नाले कष्ट सहनु पर्ला । नयाँ काममा लगानी बढ्ने छ ।

कन्या: शैक्षिक स्तरोन्नती हुने देखिन्छ । एकान्तप्रति आकर्षित भइएला । रोजगारीका अवसरहरू प्राप्त हुने छन् ।

तुला: कठोर वचनको सामना गर्नुपर्ला । आफूले गरेको कामको प्रशंसा मिल्नेछ । काममा ढिलासुस्ती हुने देखिन्छ ।

वृश्चिक: राजनैतिक सफलता हात पर्ने छ । खेलकुदप्रति आकर्षित बनिएला । मान्यजनबीच समय बित्ने छ ।

धनु: वित्तीय कारोबारमा सावधान रहनुहोला । छोटो दुरीको रोमाञ्चक यात्रा बन्नेछ । मन चन्चल होला ।

मकर: सन्तानको पक्षबाट शुभ खबर आउला । पुरानो मित्रसँग भेटघाट हुने छ । सवारी साधनमा भय रहने छ ।

कुम्भ: पत्नीको नाममा व्यवसाय शुभ रहला । शेयर लगानी बढ्ने छ । नसा सम्बन्धी समास्या होला ।

मीन: अप्रिय घटनाको सामना गर्नुपर्ने छ । कम लगानीमा पनि राम्रै मुनाफा मिल्ने छ । धार्मिक कार्यमा सरिक भइएला ।